प्रचण्डकी नातिनी स्मिता दाहालले बेलायतबाट गरिन् विशिष्ट श्रेणीमा स्नातकोत्तर पास

समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले बेलायतमा विशिष्ट श्रेणीमा स्नातकोत्तर तह अध्ययन पुरा गर्नुभएको छ ।

स्मिता प्रचण्डको कान्छी छोरी गंगाको जेठो श्रीमान् पट्टीकी छोरी हुनुहुन्छ । उहाँको गायन क्षेत्रमा अब्बलता छ । उहाँले केही गीत गाउँनुका साथै मोडलिङ्ग समेत गर्नुभएको छ ।

कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्यलयमा उक्लदा उहाँ जम्माजम्मी ११ बर्षकी फुच्ची हुनुहुन्थ्यो ।

त्यो बेलादेखि उहाँ आजसम्म अविछिन्न संगीत–साधनामा हुनुहुन्छ । यसबीचमा पाँच दर्जन गीत रेकर्ड भइसकेका छन् । तर, आजको दिनसम्म उहाँलाई चिनाउन त्यही विशेषण झुन्ड्याइन्छ, ‘फलानोको नातिनी’ ।

स्मिताले उही शालिन मुस्कानका साथ भन्नुहुन्छ, ‘हजुरबासँग जोडिएर आउँदा अबियस्ली प्राउड फिल हुन्छ ।’ दोस्रो पंक्तिमा उहाँले यो वाक्य पनि जोड्नुभयो, ‘तर, म आफ्नै नाममा चिनिन चाहन्छु ।’

स्मिताको पारिवारिक चिनारी यस्तो छ । उहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी हुनुहुन्छ । रुची, गाउने र नाच्ने ।

उहाँको व्यवसायिक चिनारी भनेको, गायिका हो । बालगीत हुँदै मायाप्रेमसम्मका गीत गाउनुभएको छ । त्यो पनि दर्जनौं ।

एकल संगीतिक प्रस्तुत दिइसक्नुभएको छ । तीन वटा एल्बम सार्वजनिक भइसकेका छन्, स्मिता, स्मिता–२ र रागिनी । शास्त्रिय संगीत सिकिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published.