फिल्मीशैलीमा एसपीपी सम्झौता गर्दै देउवा सरकार, भित्री तयारी भयो लिक

अन्तराष्ट्रिय समाचार

काठमाडौं । अमेरिकाको राज्य साझेदारी कार्यक्रम (स्टेट पाटनरशिप प्रोग्राम) एसपीपीको नाम फेरेर पास गर्ने तयारी भएको खुलासा भएको छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले यस्तो खुलासा गरेका हुन् ।

उनले एसपीपीको विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् । सरकारले निर्णय गरिसकेपछि परराष्ट्रले पत्राचार गर्न आनाकानी गर्नु सन्देहास्पद रहेको उनले बताए ।

आजको संसद वैठकमा बोल्दै गुरुङले परराष्ट्र प्रवक्ता सेवा लम्सालको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । लम्सालले अमेरिकालाई तत्काल पत्राचार गर्न सकिँदैन भनेर दिएको अभिव्यक्ति मन्त्रीपरिषद्को निर्णयविपरीत रहेको उनको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएका छन् ।

संसदमा विशेष समय लिएर बोल्दै खनालले देशको कार्यकारी अधिकार कहाँ कोसित छ भनेर प्रश्न गरे । खनालले एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रीपरिषदले एक महिना अगाडि नै निर्णय गरेको स्मरण गराए ।

उनले भने,‘एसपीपी लिन्नौं भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा रु कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?’

Leave a Reply

Your email address will not be published.