पूर्व मिस युनिभर्स सुस्मिता सेन फेरी विवादमा, यो चस्मामा के देखिन्छ र यति धेरै गाली !

मनोरंजन

काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेन यतिबेला निरन्तर चर्चामा छिन् ।पछिल्लो समय आईपीएलका पूर्व अध्यक्ष ललित मोदीसँग उनको नाम जोडिएपछि मानिसहरुले उनलाई लगातार निशाना बनाएका छन् । तर, उनी ट्रोलरलाई उचित जवाफ दिन अगाडि आएकी छिन् ।

सुस्मिताले हालै एउटा यस्तो तस्वीर पोस्ट गरिन्, त्यसपछि मानिसहरूले उनलाई फेरि ट्रोल गर्ने मौका पाएका हुन् । यो तस्वीरमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक रोचक कुरा पत्ता लगाए ।

सुस्मिताले बुधबार सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग एउटा तस्वीर सेयर गरेकी थिइन् । यो तस्वीरमा सुस्मिता निलो रंगको पोशाकमा देखिएकी छिन् ।

तस्वीरमा सुस्मिता कारमा बसेर सेल्फी लिइरहेकी छिन् । त्यस क्रममा उनले सनग्लास (चश्मा) पनि लगाएकी छन् । त्यहीँ सनग्लासका कारण प्रयोगकर्ताले अभिनेत्रीलाई ट्रोल गर्ने मौका पाएका हुन् । वास्तवमा यो फोटो जुम गर्दा उनको चश्मामा दुईवटा बोतल देखिन्छन् ।

धेरै प्रयोगकर्ताहरूका अनुसार दुवै बोतल भोड्काका हुन् । मानिसको ध्यान चश्मातर्फ जानेबित्तिकै अभिनेत्रीलाई चर्को ट्रोल गरिएको छ ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘म्याम, यो भोड्का हो ?’Image

अर्का प्रयोगकर्ताले लेखे, ‘तपाईंको कारमा दुईवटा शैम्पेनका बोतल छन् ।’ यस बाहेक धेरै प्रयोगकर्ताहरूले चश्मा देखाउँदै बोतलमा के छ भनेर जान्न चाहेका छन् । जुलाई १४ मा ललित मोदीले आफ्नो र सुस्मिताको सम्बन्धलाई सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गरेका थिए ।

उनले आफ्नो र सुस्मिताको रोमान्टिक तस्वीर सेयर गरे, जुन देखेर मानिसहरु छक्क परेका थिए । यी तस्वीरहरूसँगै ललित मोदीले क्याप्सनमा सुस्मितालाई आफ्नो ‘बेटर हाफ’ भनेका थिए । सुस्मिता र ललितको अर्को तस्वीर सार्वजनिक भयो, जसमा सुस्मिताले हातमा औंठी लगाएकी छिन् ।

Leave a Reply

Your email address will not be published.