मौसमी एलर्जी भगाउन बेसारको स्पेसल पेय, यसरी बनाउनुहोस्

स्वास्थ्य

मौसमी बिरामले प्रभावित भएपछि अधिकांश तत्काल औषधि किन्न दौडिन्छन् । तर मौसमी रोगलाई प्राकृतिक उपचारले पनि निको पार्न सकिन्छ । अहिलेको मौसममा एलर्जीको समस्या बढी देखिन्छ । यसको उपचारमा बेसारको प्रयोग लाभकारी मानिन्छ ।

बेसारको औषधीय गुणबारे हामी सबैलाई थाहा छ । तर धेरैलाई बेसारको एक पेय पनि बन्छ भन्ने थाहा नहुन सक्छ । बेसारको यो पेयले एसिडिटी, अपच र छातीको जलन, आस्थमा, एग्जिमा र आर्थरायिटिसको समस्यामा विशेष रूपले लाभकारी हुन्छ । यस अलावा चिसो सकिएर गर्मी लाग्दाको यो मौसममा देखा पर्ने एलर्जीको समस्यामा बेसारको स्पेसल पेयले बढी लाभ पाउन सकिन्छ ।

बेसारको यो पेय बनाउन करिब ५० एमएल नरिवल, १० ग्राम बेसार र १० ग्राम अदुवा राखेर पिँधेको पेस्ट पानीमा घोल्नु पर्दछ । अब त्यसलाई छानेर एक चम्चा कागतीको रस, एक चुट्की नुन र स्वादअनुसार मह हालेर पिउँदा माथिका सबै समस्यामा लाभ मिल्दछ ।

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ -एजेन्सी, न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०% देखि १५% सम्म कम हुन्छ ।

अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘ कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन् । कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ ।’

सबै तीन अध्ययनहरूमा, किस्टलर र अन्य अनुसन्धानकर्ताहरूले यूके बायो बैंकको तथ्यांक प्रयोग गरेका थिए । यसले कम्तिमा १० वर्षको ५ लाख भन्दाबढी मानिसहरूको स्वास्थ्य अवस्था देखाउँछ ।

यी अध्ययनका लेखकहरूले कफी पिउने र मुटुको समस्या (एरिथमिया) र हृदय रोग बीचको सम्बन्ध पत्ता लगाउन खोजेका थिए ।

Leave a Reply

Your email address will not be published.