अभिनेता रणवीर सिंहको नाङ्गो फोटोशूटपछि सांसदको प्रश्न : यस्तै महिलाले गरे के हुन्छ ?

मनोरंजन समाचार

काठमाडौं । अभिनेता रणवीर सिंहको पछिल्लो फोटोशूटले हंगामा मच्चाएको छ । नग्न तस्वीबारे सबैले रोचक प्रतिकृयाहरु दिइरहेका छन् ।

यसबीच तृणमूल कांग्रेस (टीएमसी) सांसद एवं बंगाली अभिनेत्री मिमी चक्रवर्तीले दिएको बयानले सबैलाई हैरान पारेको छ ।

उनले अभिनेता सिंहको पछिल्लो फोटोशूटमा आफ्नो प्रतिक्रिया दिएकी हुन् । रणवीर सिंहको तस्वीरलाई लिएर मिम्स बनाइँदै छ, योसँगै मानिसहरुले उनलाई साहसी पुरुष पनि भनेका छन् ।

यसबीच मिमीले लेखेकी छिन्, ‘रणवीर सिंहको पछिल्लो फोटोशूटले इन्टरनेटमा आतंक मच्चाएको छ । मानिसहरूले उनको तस्वीरलाई आगो (गज्जब) भन्दैछन् ।

यो फोटोशूट एउटी महिलाले गरेको हुन्थ्यो भने के हुन्थ्यो होला ? भनेर सोचिरहेको छु । के उसले पनि यस्तै प्रशंसा पाउँथिन् ? वा उसको घर जलाइन्थ्यो ? के उसले ज्यान मार्ने धम्की पाउँथिन् वा बेइज्जत गरिन्थ्यो ?’

आफ्नो दोस्रो ट्विटमा उनले समानताको कुरा गरेकी छन् । उनले लेखिन्, ‘हामी समानताको कुरा गर्छौँ । तर अहिले त्यो कहाँ छ ?

तपाईको सोच, तपाईको मनोवृत्तिले सबै परिवर्तन र बर्बाद गर्न सक्छ । यस्तो अवस्थामा हामीले आफ्नो मनोवृत्ति र सोचको दायरा बढाउनुपर्छ । किनभने शरीरमा धेरै कठिनाइहरू आउँछन् ।’ मिमीले यस्तो शरीरको लागि नुन, चिनी र कार्बोहाइड्रेट छोड्नुपर्ने बताइन् ।

अभिनेता सिंहले एक पेपर म्यागजिनका लागि फोटोशूट गराएका हुन् । यो फोटोशूट ७० को दशकका पप आइकन बर्ट रेनोल्ड्सलाई श्रद्धाञ्जलि हो ।

बर्ट रेनोल्ड्सले सन् १९७२ मा कस्मोपोलिटन म्यागजिनको लागि नग्न शूट गरेका थिए । कामको कुरा गर्दा रणवीर सिंहले हालै रोहित शेट्टीको फिल्म ‘सर्कस’ को सुटिङ सक्काएका छन् ।

शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’ मा चलचित्र आधारित छ । रणवीरसँग सिम्बा २ पनि प्रदर्शनको तयारीमा छ । हाल उनी करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा काम गरिरहेका छन् । जसमा आलिया भट्ट पनि छन् ।

Leave a Reply

Your email address will not be published.