प्रधानमन्त्री देउवाको मोबाईलमा आयो यस्तो खतरनाक म्यासेज, अब के गर्लान् देउवा ?

समाचार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवादेखि सांसदहरूलाई एउटा सन्देश एसएमएस आएको छ । अनेरास्ववियू (क्रान्तिकारी) को उपत्यका विशेष प्रदेश समितिले गभर्नरलाई बर्खास्त गर्न माग गर्दै एसएमएस अभियान सञ्चालन गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो संगठनको विभागमा खोटाङ घर भएका एम अधिकारीलाई समावेश गरेपछि विद्यार्थीहरूले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरिरहेका छन् ।

राष्ट्र बैंकको ऐनअनुसार गभर्नर पदमा रहँदा कुनै पार्टीको सदस्यता लिन वर्जित छ । एमालेका एम अधिकारी नै महाप्रसाद अधिकारी भएको आरोप छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन माग गर्दै सत्तारुढ दलनिकट विद्यार्थी संगठनले आन्दोलनका विभिन्न कार्यक्रम जारी राखेका छन् ।

यस्तै अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठेको टिप्पणी गरेकी छन् । अखिल (क्रान्तिकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई काठमाडौमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।

सरकार बेरोजगारीको समस्या हल गर्न असफल भएको भन्दै सिंहले प्राविधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखिन् ।

‘देशमा एकातर्फ दक्ष जनशक्तिको अभाव छ अर्को तर्फ तपाई इन्जिनियरहरु पासपोर्ट बनाउन जमलमा लाइन लाग्नुपरेको छ ।’ उनले भनिन्, ‘नैतिक र शैक्षिक रुपमा समेत अयोग्यहरु गभर्नर बन्ने देशमा दक्ष इन्जिनियरहरु रुँदै बिदेशिन बाध्य हुनुपरेको छ ।’

Leave a Reply

Your email address will not be published.