झापाका ३ किशोरी एउटै रुखमा झु ण्डि एको अवस्थामा फेला परे

समाचार

तीनजना किशोरीले एउटै रुखमा झु न्डि एको अवस्थामा मृत फेला परेका छन्। खबर हो झापाको कचनकवल गाउँपालिकाको ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार ति किशोरीमध्ये दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झु न्डि ए को अवस्थामा फेला परेका थिए ।

यस विषयको खबर पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीका अनुसार यो अप्रिय कदम चाल्नेहरुमा कचनकवल( ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका उनीहरु आइतबार बिहान साढे ७ बजे यस्तो अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयका अनुसार तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । उनीहरुले यस्तो अप्रिय कदम किन चाले भन्ने कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए । यो घ टनाले गाउँ नै शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published.