फसे जनार्दन शर्मा नमज्जाले फसेः छानविन समितिले घुमायो दिमाग, जनताले हेर्न पाउनेभए सिसिटिभी फुटेज

राजनिति समाचार

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराउने मात्र नभई प्रमाण समेत नष्ट गर्ने कार्यमा संलग्न जनार्दन शर्माका लागि अब चाहि खतराको घण्टी बजेको छ ।

यो बिषयमा छानविन गर्न बनेको समितिले दिमाग घुमाएपछि शर्माका लागि खतराको घण्टी बज्ने भएको हो । यसको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने निर्णय गरेको छ ।

अब जनताले समेत यो भिडियो हेर्न पाउने भएका छन् । अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

समिति सचिवालयका अनुसार गृह मन्त्रालयसँग सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारका सिसिटीभी फुटेज मागिएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष ०७९–८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ।

यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद् बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published.