एकाबिहानै गयो भूकम्प

समाचार

काठमाडौं, ९ साउन;

सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।थप विवरण प्राप्त भइसकेको छैन ।

पाकिस्तानमा बाढीको कहरः ५० घर र पावर स्टेसन जलमग्न:पाकिस्तानको माथिल्लो कोहिस्तानमा आएको बाढीका कारण कम्तीमा ५० घर र मिनी पावर स्टेसन डुबानमा परेका छन् ।

भारी वर्षाको कारण अचानक बाढी आएको र माथिल्लो कोहिस्तानको कान्डिया तहसीलमा ठूलो क्षति पु¥याएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अधिकारीहरूले बताएका छन् । चित्राल र पेशावरमा भारी वर्षासँगै आएको बाढीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीडीएमएले जनाएको छ ।

बाढीग्रस्त क्षेत्रमा उद्दारकर्ताहरु परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.