राजेन्द्र लिङ्देनले चाले अहिलेसम्मकै बोल्ड कदम, हर्क साम्पाङ बन्न सक्छन् प्रधानमन्त्री !

राजनिति समाचार

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पहलमा पार्टीले जनताले सर्वाधिक रुपमा माग गरेको व्यवस्था ल्याइछाड्ने निर्णय गरेको छ । अध्यक्ष लिङ्देन रहेको राप्रपाको यो निर्णयलाई तहल्का पिट्ने निर्णय भनिन थालेको छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्थाफरक धारका राजनीतिक शक्तिहरुको मूल एजेण्डा बन्दै गएको छ । मुख्य दलका दोस्रो तहका नेताहरु पनि प्रत्यक्ष निर्वाचन प्रणालीको लबिङमा मुलुकको व्यवस्था चलाउने पात्रहरुको प्रवृत्ति नफेरिएपछि जनतामा चरम निराशा छ । गणतन्त्रमा मैमत्त राजनीतिक दलहरुले जनताको चाहना अनुसार काम गरिरहेका छैनन् । मात्र, सरकार र प्रधानमन्त्रीका लागि दलहरुको हानथाप छ ।

फलतः प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणामा फरक विचारधाराका दलहरु मात्रै होइनन् स्वयम मुख्य दलका युवा नेताहरुजुर्मुराउन थालेका छन् । पुरानो पार्टीका नयाँ नेतृत्व हुन्, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन । गतबर्षको मंसिरमा सम्पन्न महाधिवेशनबाट आफैलाई नेता बनाएका नेतासँग चुनावी लडाइँ जितेर आएकालिङ्देनले राप्रपालाई नयाँ शिराबाट सुरु गर्ने र देशको विकल्प बनाउने धेरैको अपेक्षा छ ।

उनै लिङ्देनले शनिबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेका छन् ।तीनदिनसम्म चलेको बैठकले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार नभई नहुने आवश्यकता औल्याएपछि लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणालाई आगामी चुनावी ऐजेण्डा नै बनाउने बताए ।

के लिङ्देनले भनेजस्तै अबको विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणाली नै हो त रुकिनकि पछिल्लो समय यो विकल्प धेरैको रोजाई बन्न थालेको छ । मुलुकमा २०४७सालमा बहुदलीय संसदीय प्रणाली सुरु हुनभन्दा अघि करिव तीन दशक स्थिर शासन प्रणाली थियो। त्यो शासनसत्ताको केन्द्रमा राजा थिए। राजाले जे चाह्यो राष्ट्रिय पञ्चायतबाट त्यही पारित हुन्थ्यो ।

प्रशासन, सेना, प्रहरी र राजनीतिक दलहरुसमेत दरबार भनेपछि छुलछुल हुन्थे। तर एउटै व्यक्तिलाई टाउको बनाएर देश विकास गरिदिन्छ भन्ने सोचमा समस्या रहेको भन्दै दलीय व्यवस्था आयो र संसदबाट बहुमत प्राप्त व्यक्त प्रधानमन्त्री हुने भयो ।अहिले सम्पूर्ण कार्यकारी अधिकार सरकार प्रमुख अर्थातप्रधानमन्त्रीमा निहित छ ।राष्ट्रपति आलङकारी हुने व्यवस्था छ ।प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भयो भने, उ प्रत्यक्ष जनताबाट निर्वाचित भएर आउँछ ।

जनताको बीचमा गएका व्यक्तिमध्येबाट राम्रोलाई छानेर जनताले जिताइदिनसक्छ । त्यसो भयो भने संसदीय बहुमतका आधारमा प्रधानमन्त्रीका लागि हुने हानाथापको अन्त्य हुन्छ । स्वतन्त्र रुपमा उठेका व्यक्तिलाई पनि जनताले भोट दिएर प्रधानमन्त्री बनाइदिनसक्छन् । भोलि गएर लोकप्रियताकै आधारमा बोलन, हर्क र गोपि जस्ता व्यक्तिहरु दलहरुको सहयोग बिनै प्रधानमन्त्री बन्न सक्छन् ।किनकि अहिलेको दलीय व्यवस्थाप्रति स्वयम् सांसदहरु नै खुशी छैनन् ।

राष्ट्रपति वा प्रधानमन्त्री मध्ये कुनै एक प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थाका लागि संसदवादीहरुबाटै आवाज उठिरहेको छ । कुरा प्रधानमन्त्रीको मात्रै नभएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पनि आइरहेको छ । यस्तो प्रणालीमा सरकार प्रमुख र राष्ट्र प्रमुख एकै व्यक्ति हुने गर्दछ र ऊ जनताको प्रत्यक्ष मतबाट निर्वाचित भएको हुन्छ ।

राष्ट्र प्रमुख व्यवस्थापिकाप्रति प्रत्यक्ष रुपमा उत्तरदायी हुँदैन । त्यसो हुँदा निरंकुशतामा फस्ने जोखिम पनि रहन्छ ।एउटै व्यक्ति सर्वेसर्वा हुने भएपछि प्रत्यक्ष निर्वाचित प्रणालीलाई राजाको शासनसँग दाज्नेहरु पनि छन् ।तथापी यी तमाम बहसहरुले अहिलेको दलीय प्रणालीप्रति जनताको असन्तुष्टि बढ्दै गएको भने स्पष्ट नै छ । नेपालको अवस्थिति र समाज अनुकुल शासन व्यवस्था प्रत्यक्ष निर्वचित प्रधानमन्त्री नै रहेको आवाज बुलन्द बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.