देश र जनताविरुद्ध हर्कत गर्ने नेताहरुका लागि अब चाहि बज्यो खतराको घण्टी, आजै बाहिरियो मुटु ढुकढुक गराउने यस्तो घटना ! (हेर्नुस् भिडिओसहित)

राजनिति समाचार

काठमाडौं । देश र जनताविरुद्ध हर्कत गर्ने नेताहरुका लागि अब चाहि खतराको घण्टी बजेको छ । सत्तामा बसेर लुट मच्चाउने नेताहरुका लागि खतराको घण्टी बजेको हो । आजै नेताहरुको मुटुको ढुकढुकी बढाउने घटना बाहिरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बनेको सत्ता गठबन्धन सरकारसहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै एक युवाले नाराबाजी गरेका छन् ।

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएर विरोधमा उत्रिएका हुन् ।

नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका छन् । प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ जस्ता नारा लगाउँदै युवाहरू विरोधमा उत्रिएका हुन् ।

कमलादीमा प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा युवाहरू आम युवा नाममा विरोध गर्दै आइरहेको समूहका सदस्य रहेको स्रोतले जनाएकोको छ । स्थलबाट पक्राउ पर्नेमा सोम शर्मा, विप्लव खड्का, अर्जुन पौडेललगायत रहेका छन् । उनीहरू आम युवा समूहको सदस्य भनेर परिचय गराउँदै आएका थिए ।

ती युवालाई निकालेपछि देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उनले जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उनले स्वाभिमानी थापाले पु¥याएका योगदानको स्मरण गरे ।

“थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ” प्रधानमन्त्री देउवाले भने ।

महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्दै उनले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गरे ।

कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रा डा त्रिरत्न मानन्धर, प्रतिष्ठानका सदस्य–सचिव लक्ष्मण थापालगायतले नेपालको एकीकरण, इतिहास एवं राजनीतिक क्षेत्रमा भीमसेन थापाले गर्नुभएको महत्वपूर्ण कामका बारेमा व्याख्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published.