रामबहादुर आलेकी श्रीमतीलाई गाउँपालिकाले कसरी दियो अविवाहिताको प्रमाणपत्र ?

समाचार

काठमाडौं । अहिले एउटा स्थानीय सरकारले गरेको प्रमाणित प्रमाणपत्र खुबै भाइरल भइरहेको छ ।रामबहादुर आलेकी श्रीमती अविवाहिता हो भनी सिफारिस साथ प्रमाणित गरिन्छ भन्ने शव्दावलीले धेरै अचम्वित बनेका छन् ।आलेकी श्रीमती अविवाहिता भन्न मिल्छ ? अधिकांशको जिज्ञासा छ । यो गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ८ ले गरेको प्रमाणित प्रमाणपत्र हो ।

यसको मुल अंश भनेको नै रामबहादुर आलेकी श्रीमती अविवाहिता हो भनी सिफारिस साथ प्रमाणित गरिन्छ । रामबहादुर आलेसँग विवाह भएपछि अंश सहित गौमाया आलेले सम्बन्ध विच्छेद गर्नुभयो ।

त्यसपछि उहाँले फेरी अर्को बिहे गरेको आरोप लगाउँदै रामबहादुर आलेले कानूनी उपचार खोज्न थाल्नुभयो ।

त्यो थाहा पाएपछि गौमायाले म अविवाहित नै छु भनेर सिफारिस दिन सत्यवती गाउँपालिका वडा नं. ८ मा निवेदन दिनुभयो । वडा कार्यालयलेपनि उहाँ अविवाहित हो भनेर प्रमाणित गर्नुपर्ने थियो ।

किनकी जन्म, विवाह, मृत्यु दर्ता गर्ने पञ्जिकाधिकारी नै वडा कार्यालय हो । उहाँको निवेदन अनुसार उहाँले बिहे गरेको रेकर्ड नदेखिएपछि उहाँ वैवाहिक सम्बन्धमा हुनुहुन्न भन्ने वडाले प्रमाणित गरिदियो ।

उक्त विवरणमा अर्को विवाह गरेको फेला नपरेको प्रमाणित गरिन्छ भन्नुपर्ने थियो भनेर सामाजिक सञ्जालमा तर्क गरिएको छ । तर सम्बन्ध विच्छेद भएपछि महिला होस् वा पुरुष अविवाहित नै हुन्छ ।

कुमार वा कुमारी भन्न सकिन्न । तर अविवाहित भन्न सकिने कानून व्यवसायीको तर्क छ । कानूनी निकायले यस्तै प्रमाणपत्र खोजेका कारण यो बनाइएको हो त्यहाँका एक कानून व्यवसायीले उल्लेख गर्नुभयो ।

विषय : अविवाहित प्रमाणित सम्बन्धमा
श्री जो जस सँग सम्वन्ध राख्दछ ।
प्रस्तुत विषयमा गुल्मी जिल्ला साविक भार्से गा.वि.स. वडा नं. ६ हाल सत्यवती गाउँपालिका वडा नं. ८ भार्से गुल्मी निवासी हिरालाल छन्तेलको छोरी राम बहादुर आलेको श्रीमती ना.प्र.नं. १६ जारी मिति २०४४ / १२ / २९ गुल्मी को गौमाया आलेले यस वडा कार्यालयमा दिनु भएको निवेदन अनुसार निज गौमाया आलेको हालसम्म कहि कतै पनि पुन विवाह नभएकाले निज गौमाया आलेलाई अविवाहित हो भनी सिफारिस साथ प्रमाणित गरिन्छ । होम बहादुर राना वडा अध्यक्ष

Leave a Reply

Your email address will not be published.