‘डिलिट’ भनिएको फुटेज रिकभर

राजनिति समाचार

अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ ।समितिका एक सदस्यका अनुसार गत १४ जेठका ५० वटा भन्दा बढी सीसीटिभी फुटेजका ‘क्लिप रिकभर’ भएका छन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि चालू आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।

बजेट निर्माणमा कर दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न नसकेपछि प्रहरीसँग सहयोग मागिएको थियो ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि गत १४ जेठको फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समिति बैठकमा सीसीटीभी फुटेज हेरिएको छ ।

समिति सचिव सुरेन्द्र अर्यालले विज्ञ बोलाएर रिकभरी फुटेज र प्रतिवेदन विश्लेषण गरिने बताए । समितिका एक सदस्यले भने प्राप्त सीसीटीभी फुटेज प्रस्ट नभएको प्रतिक्रिया दिए । राजधानी दैनिकबाट‘५०÷५५ वटा क्लिप रिकभर भएका रहेछन्, ती सबै राम्ररी बुझिने छैनन्,’ उनले भने ।

मंगलबार बिहान केहीबेर बैठक बसेपछि स्थगित भएको समितिको बैठक मंगलबार बेलुका ४ बजे पुनः बसेको थियो । बैठकमा समितिले प्रहरीले उपलब्ध गराएको रिकभर भएका फुटेज’दयगत फरेन्सिक विज्ञसँग छलफल गरेको थियो ।प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट रिकभर सीसीटिभी फुटेज प्रस्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो ।

मंगलबार साँझ समितिले दुई फरेन्सिक विज्ञसँग सोधपुछ गरेको थियो । बैठकमा सहभागी समिति सदस्यले प्राप्त भिडिओको गुणस्तर ‘किन कमजोर भएको होरु मिति पनि प्रस्ट नहुनुको कारण के होरु’ भनेर प्रश्न गरेका थिए ।विज्ञले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएको समितिले जनाएको छ । विज्ञले यस्तो जवाफ दिएपछि अब के गर्ने भन्नेबारे थप छलफल गरी निर्णयमा पुग्ने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.