भाइरल युटुबे पक्राउ

समाचार

काठमाण्डौँ । बाटोमा हिँडिरहेकी एक महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडिओ बनाएर हाल्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्राङ्कको नाममा नेपाल सरकारले बर्जित गरेको एक महिलालाई प्रज्वलनशिल पदार्थ ‘एसिड’ छ्यापेर महिलालाई धम्क्याउने नवलपरासीका २६ बर्षिय पुर्ण चन्द्र भुसाल (प्रदीपलाई) प्रहरीले पक्राउ गरेको हो ।

ती युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार कावासोतीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ युवकको स्थायी घर पनि नवलपरासीकै बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी भएको प्रहरीले बताएको छ ।

ती युवकले बदमाश केटा नामको युट्युब च्यानल सञ्चालन गर्थे । पछिल्लो समय भाइरल बनेको एउटा भिडिओमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए। युटुभमा पनि उनको चौतर्फी आलोचना भएको थियो ।

धेरैले उनले अपराध गरेको भनेर समात्न प्रहरीलाई आग्रह गरेका थिए । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

पछिल्लो समय सामाजिक संजालमा भाइरल हुने नाममा यस्ता गतिविध धेरै भएको देख्न सकिन्छ । जसले समाजमा विकृति विसंगति मौलाईरहेको छ । युटुभमा यस हदसम्म गर्ने नभए पनि गलत सन्देश दिने धेरै समाग्री भेट्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.