आरोप पुष्टि नभएपछि अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा !

राजनिति समाचार

काठमाडौं । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा फेरि सिंहदरबार त्यो पनि अर्थमन्त्रीको रुपमा पस्ने सम्भावना ह्वात्तै बढेको छ । शर्मा माथिको आरोप पुष्टि हुने आधार नभेटिएपछि जनार्दनलाई नै अर्थमन्त्री बनाउने तयारी भएको हो ।

बजेट निर्माणका बेला असम्बन्धित व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोप लागेपनि ती व्यक्ति पसेको कुनै आधार नभेटिएको हो । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन ।

विश्वस्त स्रोतका अनुसार अर्थ मन्त्रालयमा पसेको नभेटिएपछि सिंहदरबारस्थित मूल गेटको फुटेज मागियो । तर, उक्त फुटेज १६ दिनमात्र रहने भनी गृह मन्त्रालयले पत्र पठायो ।

संसदको विशेष समितिले शर्मामाथिको आरोप पुष्टि गर्ने आधार नभेटेपछि कस्तो प्रतिवेदन बनाउला ? चासो बनेको छ । आरोप पुष्टि नहुने भएकाले शर्मा फेरि अर्थमन्त्रीका रुपमा फर्कने बुझिएको छ ।

शर्माले छानविनलाई सहज बनाउन प्रतिनिधि सभामा पुगेर राजीनामाको घोषणा गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेर कसैलाई नियुक्त गरेनन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका अन्य आकांक्षीलाई अगाडि सारेनन् । यसकारण शर्मा पुनः अर्थमन्त्री बनेर जाने निश्चितप्रायः भएको छ ।

Leave a Reply

Your email address will not be published.