यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य, सेतो मूला प्रतिकिलो २५ रुपैयाँ

समाचार

काठमाडौं, ११ साउन:

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ ।लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम् १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ ।

त्यसैगरी लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, सेतो मूला ९हाइब्रीड० प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म, सेलरी प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म, स्कूस प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, स्याउ ९फूजी० प्रतिकिलो २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र हरियो धनिया प्रतिकिलो १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकेको छ ।

एमाले अध्यक्ष ओली झापा जाँदै, दुई दिन कार्यकर्तासँग भेटघाट गर्ने:कपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा जाने भएका छन ।दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ ।

सो क्रममा आज विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

१२ गते दमकमा ओलीले आफना नेता तथा कार्यकर्तालाई भेटघाट गरीसके पछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.