गुगलका मालिककी श्रीमतीसँग लसपस गरेको समाचारले तहल्का मच्चाएपछि बोले इलोन मस्क, बताए वास्तविकता !

अन्तराष्ट्रिय समाचार

एजेन्सी । विद्युतीय कार निर्माता टेस्लाका मालिक एलोन मस्कले गुगलका सह–संस्थापक सर्गेई ब्रिनकी श्रीमती निकोल शानाहानसँग अफेयर रहेको भन्ने खबर खण्डन गरेका छन् । अमेरिकाको प्रतिष्ठित पत्रिका वाल स्ट्रीट जर्नलमा प्रकाशित एक समाचारले गुगलका सह–संस्थापक सर्गेई ब्रिनकी श्रीमतीसँग अफेयर रहेको दाबी गरिएको थियो ।

समाचारमा यही कारणले सर्गेई ब्रिनसँग मस्कको मित्रता पनि टुटेको पनि लेखिएको छ । तर, मस्कले वाल स्ट्रिट जर्नलको समाचारलाई पूर्ण बकवास भनेका छन् । ट्विटरमा पोस्ट गरिएको रिपोर्टको लिङ्कको जवाफ दिँदै मस्कले भनेका छन् ,‘ सर्गेई र म साथी हौं र हामी हिजो राती एक पार्टीमा सँगै थियौं ।’ मस्कले अगाडि लेखेका छन् ,‘ मैले गत तीन वर्षमा निकोललाई दुई पटक मात्र देखेको छु, त्यो पनि धेरै मानिसहरुका बीचमा । हामी बीच रोमान्टिकजस्तो केही छैन ।’

वाल स्ट्रिट जर्नलले केही नजिकका व्यक्तिहरूलाई उद्धृत गर्दै एलोन मस्क र शानाहानको गत वर्ष छोटो सम्बन्ध भएको दाबी गरेको छ । दुईको निकटताका कारण, सर्गेई ब्रिनले यस वर्षको सुरुमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको लागि निवेदन दिएको र दुई अर्बपतिको मित्रता टुटेको लेखेको छ । शानाहानको एक घनिष्ठ मित्रलाई उद्धृत गर्दै अखबार लेख्छ ,‘ मस्क र शानाहानको कथित अफेयरकै कारण ब्रिन र उनकी श्रीमती डिसेम्बरमा अलग भए । ’

मस्कले भने ट्विटमा ,‘ द वाल स्ट्रिट जर्नलले विगतमा टेस्ला र मेरोबारेमा यति धेरै बेतुकका समाचार लेखिसके की मैले तिनको गन्ती बिर्सिसकें ।’ स्पेस–एक्सका संस्थापक मस्कले ट्वीटरबाट ४४ अर्ब डलरको सम्झौता रद्द गरेपछि हाल कम्पनीबाट मुद्दाको सामना गरिरहेका छन् । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको अनुमानित सम्पत्ति २४० अर्ब डलर छ भने गुगलका सह–संस्थापक ब्रिन करिब ९५ अर्ब डलर सहित विश्वको आठौं धनी व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published.