‘आमासँग मजाक गरिन्छ, तर कहिलै आमाको मजाक गरिदैँन’ भन्दै नम्रताले खोलिन् अन्तरंग विषय

समाचार

काठमाडौं । अभिनेत्री एवं मोडल नम्रता श्रेष्ठ आमासँगै मिडियामा आएकी छिन् ।आमासँग आएकी उनले धेरै अन्तरंग कुराबारे पनि खुलेरै बालेकी छिन् । प्रायः आफूले दिने विवादास्पद बयानका कारण चर्चामा रहने उनले यसपटक आफ्नी आमाका अगाडि धेरै कुराहरु खुलाइन् ।

आमाका अनुसार छोरीलाई खिर एकदम राम्रो बनाउन आउँछ । छोरीको बिहेबारे कुरा गर्दै यस वर्ष नै भए आफू खुःशी हुने बताइन् ।

तर माथिबाट नै जोडी जुरेर आउने भएको हुँदा आफूले चाहेर केही नहुने पनि उनले स्पष्ट पारेकी छिन् ।

आमाको कुरा काट्दै नम्रताले भनिन्, ‘मम्मीलाई हरेक साल त्यस्तो लाग्छ ।’ बिहेबारे कुनै तयारी नभएको भन्दै गर्ने बेलामा आफूले सबैलाई भन्ने पनि उनले बताइन् ।

तपाईंलाई जानकारी अनुसार आमासँगै नम्रता ‘काली’ बोलको गीत सार्वजनिक कार्यक्रममा आएकी थिइन् ।चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको कालीमा ढकालसँगै श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

बिहे नगरी बच्चा जन्माउनेजस्ता बयानका कारण सामाजिक सञ्जालमा उनलाई धेरैले ट्रोल गरिन्छ ।

त्यसबारे बोल्दै उनले त्यस्तो ट्रोलले आफूलाई कुनै असर नगर्ने भन्दै बरु त्यसबाट आफूले सिकेर आउने कुरा जानकारी गराइन् ।

एक अलग प्रशंगमा उनले भनिन्, ‘आमासँग मजाक गरिन्छ, तर आमाको मजाक गरिदैँन ।’ हास्य कलाकार सन्दीप क्षेत्रीको यो कुराले आफ्नो मन छोएको उनले स्मरण गरिन् ।

Leave a Reply

Your email address will not be published.