गायक रामकृष्णले पारससँगको लफडा सबै खुलाए, ऋषि धमलालाई उडाउनु उडाए !

समाचार

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले पूर्वयुवराज पारस शाहसँगको झगडाबारे खुलेरै बोल्नु भएको छ ।

शाहलाई व्यक्तिगत रुपमा राम्रोसँग चिन्ने बताउनुभएका गायक ढकालले बेला-बेलामा चर्चामा आउने गरेको यस विषयबारे खुलेरै बोल्नु भएको हो ।

एक निजी टिभी कार्यक्रममा उहाँले भन्नुभयो, ‘मेरो पहिलो विवाह बर्षगाँठ थियो, हामी नगरकोट क्लब हिमालय गएका थियौँ ।

राज परिवार पनि त्यहाँ आउनु भएको थियो ।’ राज परिवारसँग पहिलेदेखि नै नजिक भएको बताउँदै उहाँले भन्नुभयो, ‘पारस सरकारदेखि लिएर दीपेन्द्र सरकारदेखि लिएर वीरेन्द्र सरकार, ज्ञानेन्द्र सरकार सबैसँग दरबारमा सुधीर सरकारको बिहेमा त मलाई निमन्त्रणा नै थियो ।

हामीले धेरै सांस्कृतिक कार्यक्रमहरु गरेका थियौँ । पहिलेदेखि चिनजान भएका आधारमा त्यहाँ भेटघाट भयो । एक दुई वटा गीतहरु पनि मैले सुनाए । रमाइलो भेटघाट भएको थियो ।’

विवाद पारससँग नभई उहाँका सहयोगीसँग भएको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जाने बेलामा उहाँका नजिकका साथिहरुलाई मैले उहाँसँग बोलेको कुरा मन परेन् ।

किनभने त्यो बेला उहाँ युवराज हुनुहुन्थ्यो । अलिक दुरी कायम गर्न भनियो । जाँदा जाँदै उहाँ हिडिसकेपछि उहाँको टिमसँग मेरो विवाद भएको थियो ।’ ढकालका अनुसार पछि पुनः भेटघाट गरेर उक्त विवाद साम्य पारिएको थियो ।

उहाँले पत्रकार ऋषि धमलालाई भने खुबै उडाउनुभयो । ऋषि धमलासँगपनि लफडा भएको बारेमा उहाँले बोल्नुभयो ।

चिनजान भएको हिसाबले गोप्य कुरा खुलेपनि पत्रकार हुँ भन्दै गोप्य कुरापनि वा गलत कुरा मात्र खोतल्ने काम गरेको उहाँको गुनासो थियो ।

Leave a Reply

Your email address will not be published.