मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु

समाचार

नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तुसन् २०२१ को फेब्रुवरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा कम गर्न प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ ।

समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमा छ ।’

उनले अगाडि भने, ‘हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन ।’ भग्नावशेषको बन्डल पहिलो पटक रोभरको अगाडिको बायाँ जोखिम बचाव क्यामेराले जुलाई १२ मा फेला पारेको थियो । तर चार दिनपछि पर्सेभरेन्स त्यही स्थानमा फर्किएपछि त्यो हराएको थियो ।

३५ वर्षकी यी महिलालाई जुँगा पाल्नुमा गर्व छ, जुँगा मुसार्दै भन्छिन् यो मेरो शान हो –केटी मान्छेले दाह्री जुँजा पालेको कल्यिै देख्नु भएको छ ? त्यो पनि गर्वसाथ ? आँफुले पालेका जुँगा मुसारेर शान देखाउने महिला अहिले सामाजिक संजालमा भाइरल बनिरहेकी छिन् ।

यी जुँगा पाल्ने महिला भारतकी हुन् । शायजा नाम गरेकी यी युवती केरला राज्यको कन्नूरकी हुन् । ३५ वर्षीया शायजालाई उनको जुँगाको कारण धेरै पटक उपहासको विषय बन्नु पर्यो तर अहिले उनी जुँगाकै कारण चर्चाको शिखरमा छिन् ।

पछिल्ला दिनमा जुँगा पालेरै लोकप्रिय बनेकी उनी विभिन्न मिडियामा अन्तरवार्ता दिँदै भन्छिन् ‘मलाई जुँगा राख्न मनपर्छ, त्यसैले म त्यसलाई काट्दिन ।’ धेरै महिलाहरू जस्तै शायजाको अनुहारमा धेरै कपाल थियो।

उनी नियमित रूपमा थ्रेडिङ गर्थिन् तर माथिल्लो ओठको कपाल हटाउन आवश्यक महसुस गरिनन्। करिब पाँच वर्षअघि उनको जुँगाको कपाल बाक्लो हुन थाल्यो । शायजा अहिले जुँगा बिना बाँच्ने कल्पना पनि गर्दिनन् । यी युवतीको परिवारले आँफ्नो यो कदमलाई साथ दिएको समेत बताउँछिन् ।

उनले भन्छिन् ‘यदि मसँग दुईवटा जीवन भएको भए म अरूका लागि एउटा जीवन बाँच्न सक्थें । मैले अहिलेसम्म ६ वटा शल्यक्रिया गरिसकेको छु ।

पछिल्ला केही वर्षहरूमा, स्तनमा गाँठो हटाउन शल्यक्रिया र त्यसपछि अण्डाशयबाट सिस्ट हटाउन शल्यक्रिया गरिएको थियो। शायजाका अनुसार उनका पति काममा जान्थे र केही चाहिएमा राती एक्लै पसल जान्थिन् । उनी आफ्नै खुट्टामा उभिएको भएर पनि उनमा एक खालको आत्मविश्वास बढेको शायजा आँफै गर्वसाथ बताउँछिन् ।

Leave a Reply

Your email address will not be published.