मन्त्री मेटमणि चौधरीले कमाल गर्ने संकेत, जनता मालामाल हुनेगरी निकाले यस्तो गज्जबको आइडिया !

Uncategorized राजनिति समाचार

काठमाडौैं । सहरी विकासमन्त्री मेटमणि चौधरीले कमाल गर्ने संकेत देखिएको छ । उनको आइडियाले जनता मालामाल हुने देखिएको हो । मेटमणिले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् ।

बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताए ।

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।

ल्यान्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौंभित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए । उनले देशभर बञ्चरे डाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए ।

उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए । उनले सिसडोलवासीले आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्यान्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए । मन्त्री चौधरीले आफू मन्त्री बनेपछि मन्त्रालयले असार महिनामा मात्र २७ प्रतिशत बराबर वित्तीय प्रगति हासिल गरेको बताए ।

उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड अर्थात् झन्डै ७० प्रतिशत खर्च भएको बताए । मन्त्री चौधरीले मन्त्रालयको असार महिनामा मात्रै २६।८ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख गरे ।

कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण। ४ सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजना सुरुवात गरेको पनि जानकारी गराए ।

नेपाल सहरी शासकीय पूर्वाधार विकास आयोजनाअन्तर्गत पोखरामा करिब एक अर्ब र तिलोत्तमा नगरपालिका करिब ७८ करोड लागतको सडक निर्माण कार्यको सम्झौता भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published.