लण्डनमा भएकी अभिनेत्री मिरुनाविरुद्ध मुद्दा दायर

समाचार

काठमाडौं । लण्डनमा भएकी अभिनेत्री मिरुना मगर गम्भीर संकटमा फस्नु भएको छ । उहाँविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले मुद्दा दायर गर्नुभएको हो ।

अभिनेत्री मिरुनासहित फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध पनि मुद्दा परेको छ । उहाँहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको हो ।

मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गर्नुभयो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले मुद्दा परेकोबारे पुष्टि गर्नुभयो । माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेका कारण कानुनी उपचार खोज्न बाध्य भएको कुरा उजुरीमा उल्लेख छ ।

अर्कोतिर, फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको आरोप लागेको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेपछि विवाद सुरु भएको थियो ।

विवाद उग्र भएपछि फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति भयो । तर सहमति भएको एक सातामै मिरुना र फुर्वा दुवै पुन: विवादमा तानिएका थिए । अहिले मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर भएको छ ।

Leave a Reply

Your email address will not be published.