यी हुन् शनिदेवका मन पर्ने ३ राशि, साउनको तेस्रो शनिबार धेरै लाभदायक हुनेछ

राेचक

धार्मिक ब्यूरो । शनिबार ग्रहहरूको न्यायकर्ता शनिदेवको लागि समर्पित मानिन्छ।

साउन महिनामा भगवान शंकरको साथमा शनिदेवको पूजा गर्नु निकै फलदायी मानिन्छ । शास्त्र अनुसार साउनमा शनिबार शनिदेवको पूजा गर्नाले शनिदोषको प्रभाव कम हुन्छ ।

वैदिक ज्योतिष शास्त्र अनुसार शनिदेवले केहि राशिहरुमा आफ्नो विशेष कृपा प्रदान गर्नुहुन्छ। जुन राशिमा शनिदेव प्रसन्‍न हुनुहुन्छ, उनीहरुको जीवनमा सजिलैसँग काम मिल्ने जनविश्वास छ ।

साउनको तेस्रो शनिबार साउन २१ गते हो । साउनको तेस्रो शनिबार केही राशिका लागि लाभदायक साबित हुनेछ । जानिराखौं यी राशिका बारेमा

तुला राशि – तुला राशिका मानिसहरुमा शनिदेवको विशेष कृपा हुन्छ । तुला राशिमा शनिदेव उच्च हुनुहुन्छ। तुला राशिका व्यक्तिहरूलाई शनिदेवको कृपाले शुभ फल मिल्छ। यो राशिका मानिसहरु प्रतिभाशाली मानिन्छन् । शनिदेवको कृपाले यस राशिका मानिसको जीवन सुख र सुविधाले भरिपूर्ण रहने जनविश्वास छ ।

मकर – मकर राशिको शासक शनिदेव स्वयम् हुनुहुन्छ। शनिदेवको विशेष कृपाले मकर राशिका व्यक्तिहरुलाई हरेक काममा सफलता मिल्छ । मकर राशिका मानिसहरु मेहनती मानिन्छन् । यो राशिका मानिसहरुको दाम्पत्य जीवन सुखमय हुन्छ । यो राशिका मानिसहरु भाग्यमानी मानिन्छन् ।

कुम्भ राशि – कुम्भ राशिका मानिसहरूलाई सधैं शनिदेवको कृपा मिल्छ। शनिदेवको दोस्रो राशि कुम्भ राशि हो। यस राशिमा शनिदेवले सधैं आफ्नो आशीर्वाद दिनुहुन्छ। शनिदेवको कृपाले यस राशिका मानिसलाई जीवनमा कहिल्यै धनको कमी हुँदैन । समाजमा इज्जत कमाइन्छ ।

Leave a Reply

Your email address will not be published.