काठमाडौं पुगे अमेरिकी मन्त्री लू, के छ भ्रमणतालिका ?

राजनिति समाचार

काठमाडौं । नयाँ दिल्ली हुँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं पुग्नु भएको छ ।

आज (बिहीबार) अपरान्ह दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं पुग्नु भएको हो ।

लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ ।यसअघि पनि गत मङ्सिरमा उहाँले नेपालको भ्रमण गर्नुभएको थियो । उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने दूतावासले जनाएको छ ।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ ।

नेपालको विमानस्थलमा भित्री वस्त्रमा लुकाएर ल्याएको डेढ किलो सुन भेटियो -काठमाडौं । नेपालमा सुनको अवैध कारोबार अध्याधिक बढेको छ । अनेक तरिकाले सुन ल्याउनेहरु अत्याधिक छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विचित्र विचित्र तरिका देखिन्छ । बिहीबार डेढ किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिक पक्राउ परे । उनको तरिका दुनियाँ नै चकित हुने खालको थियो ।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा दुई वटा पोकामा रहेको १६ सय १० ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ ।

उनले अवैध रूपमा लुकाएर र भन्सार छली गरेर सुन ल्याएकोले पक्राउ गरिएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिनुभयो ।

पक्राउ परेका हरुनलाई थप अनुसन्धानका लागि सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published.