फोहोरमैला समाधानको लागि ठूलो कुरा होइन, तर यसभित्रको गिरोहले गर्न दिएन

समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर, हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकिएको छैन ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, तर यहाँ भित्रको गिरोहले ठूलो कुरा बनाएको छ ।’’

स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.