साउदी अरबमा मृ<<त्यु भएका १८० जना नेपालीको श<<व नेपाल आइपुग्यो

समाचार

वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८र७९ मा मृत्यु भएको छ ।साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण ९ह्दयघाट समेत० र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् ।यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।

नासाले संस्कृत भाषाबाट अन्तरिक्षमा सम्पर्क गर्छ भनेपछि यसरी अप्ठ्यारोमा फसे ज्योतिषी हरिहर-ज्योतिष तथा अभिनेता हरिहर अधिकारी पछिल्ला दिनमा चर्चाको शिखरमा छन् ।

प्रेमीका तथा नायिका नीता ढुंगानासँग विवाह गरेका अधिकारीले धुमधामले विबाह सम्पन्न गरे लगत्तैदेखि चर्चामा रहिरहेका बेला उनले दिएको पछिल्लो अभिव्यक्तिले उनी फेरी एक पटक चर्चाको शिखरमा पुगेका हुन् ।

खासमा उनी ट्रोल बन्न पुगेका हुन् । अधिकारीले अमेरिकी अन्तरिक्ष नियोग नासामा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको

माध्यमबाट सम्पर्क स्थापित गर्न सकिने, संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने, हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर जाने भन्दै अभिव्यक्ति दिएपछि उनीमाथि ट्रोलरहरु हाबी भइरहेका छन् ।

हरिहरको कुरामा तथ्य नभएको भन्दै चर्चित चिकित्सक, प्राध्यापकसहित बौद्धिक पेशा क्षेत्रका व्यक्तिदेखि सर्वसाधारणले समेत अभिव्यक्ति दिएपछि हरिहरले बोलेका कुरा अवैज्ञानिक भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.