यू–२० राष्ट्रिय फुटबल टोलीले भारतसँग फराकिलो अन्तरले पराजय भोगेपछि प्रशिक्षक मेघराज केसीले खेलाडीलाई दोष नलगाउन आग्रह गरेका छन् ।केसीले आफूमा अनुभवको कमी रहेको र आफ्नो गल्ती रहेको भन्दै खेलमा पराजित हुनुपरेको बताए ।यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् ।
भारतमा जारी साफ यू–२० च्याम्पियनसीपमा आइतबार नेपाल भारतसँग ८–० ले पराजित भएको थियो ।त्यसपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद । खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ,’ केसीले लेखेका छन्, ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं ।
खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो ।’ त्यस्तै, उनले आफूलाई रिकभर हुन दुई दिन समय लाग्ने बताए । त्यस्तै, उनले आफ्नो फाइदाका लागि टिममै रहेर डुबाउन नसक्ने पनि जनाएका छन् ।
भारतसँग पराजय व्यहोरेसँगै नेपालको फाइनल यात्रा कठिन बनेको छ । नेपाल र भारतको समान ६–६ अंक छ तर भारत अगाडि छ । बंगलादेश तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।
केही दिन अघि बिहे गरेकी नीता ढुंगाना अचानक बिरामी भएपछि अस्पताल भर्ना-नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आइतबार दिउसो लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम तय गरेकी नीता उद्घाटनमा जाँदै गर्दा बाटोमा नै अचानक पेट देखेपछि बाटोबाटै अस्पताल गएकी थिइन् । नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।
नीताको आज अपरेसन हुने बताइएको छ । उनले केही दिन पहिले मात्र हरिहर सँग बिहे गरेकी थिइन् ।
यो पनि – खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।
मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ । ५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए ।
प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार मात्तिमविर्तामा २७ वटा घर चर्किएको छ । सोही भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको वडाध्यक्ष कमल गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेलको पुरानो घर चर्किएको छ । २०७२ सालको भूकम्पले चर्किएको सो घर आइतबारको भूकम्पले थप चर्किएको हो ।
क्षति मूल्यांकनका लागि पत्राचार-हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख विमला राईले बताइन् ।