काभ्रेस्थली घटनास्थलमा भेटियो यस्तो लेखिएको सुसाइड नोट

समाचार

तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली घरमूली दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको च क्कु ले हा नेर ज्यान लिएपछि आफू झु ण्डिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै घटनास्थलमा प्रहरीले सुसा’इड नोट फेला पारेको छ । ८ वटा पेजको सु’साइड नोट दिनेश आफैँले लेखेको दाबी गर्दै अनुसन्धान अधिकृत भन्छन्, ‘स्टिच गरिएको ती पेजमा दिनेशले विवाह अघिदेखिका कुराहरू उनले लेखेका छन् । वैवाहिक जिवनबाट आफू सन्तुष्ट नरहेको उनले पटकपटक दोहोर्‍याएका छन् ।’

श्रीमतीले अन्य केटाहरूसँग म्यासेन्जरमा गरेका कुराकानीको स्क्रिनसटको प्रिन्ट गरेर सुसाइड नोटसँगै राख्न्नुले दिनेशले सुनितामाथि शंका गर्ने गरेको र उनीहरूबीचको सम्बन्ध बिग्रिएको पाइएको ती अधिकृतले बताए ।

घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनुसन्धानका क्रममा घरमूली दिनेशले खा टमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि च क्कु हानेका थिए। तीनैजनाको च क्कुले हानेर ज्यान लिएपछि उनले अर्को कोठामा गएर झुन्डिएर आ त्मह त्या गरेको प्रहरीले जनाएको छ।

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृ त फेला परेका थिए।

पाण्डे परिवारले आइतवार साँझ मात्रै छिमेकीकहाँ घर गएर खाना खाएका थिए। तर सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए।

प्रहरीले मूलढोका फोडेर हेर्दा छोराछोरीमाथि खाटमा सुतिरहेकै बेला चक्कु हानिएको पाइएको छ। दुवै छोराछोरीको श व रग ताम्य अवस्थामा खाटमै भेटिएको हो।

अर्कातिर श्रीमतीको श व भने भुइँमा लडेको अवस्थामा पाइएको छ। उनको शरीरका दर्जनौँ स्थानमा च क्कु हानि एको छ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ का आश्राङका स्थायी बासिन्दा उनीहरु तारकेश्वर नगरपालिका २ मा पनि घर बनाएर बस्दै आएका थिए।

यसैबीच श्रीमती सुनिता दुई दिनपछि युके जाने पक्का भएकाे थियाे । उनकाे भिसा र टिकटकाे काम सकिसकेकाे थियाे । उनी उड्नुअघिनै घटना हुनुले पनि परिवारभित्रकै व्यक्तिप्रति बढि आशंका रहेकाे प्रहरीकाे भनाइ छ । उनकाे शरीरमा मात्र ७ ठाउँमा धा रिलाे ह ति यार प्र हार भएकाे छ ।

Leave a Reply

Your email address will not be published.