चिटिक्क परेर बानेश्वर चोकको फुटपाथमा पुगेका बालेनमाथि आपत !

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आज बिहानै राजधानी काठमाडौंको व्यस्त चोक नयाँ बानेश्वरमा चिटिक्क परेका देखिए । उक्त चोकको सडकभरी फोहोर छरिएको, बाटो हिड्नेहरुले मुख छोपेको दृश्यले बालेनलाई गिज्याइरहेको थियो ।

यसैबीच, मेयर बालेनलाई बानेश्वर चोकमै आपत आइलागेको छ । उनीमाथि प्रश्नको बर्षा भएको छ । बालेनमाथि बालेनलाई मनैदेखि समर्थन गरेकाहरुले प्रश्न र सुझावले हमला गरे ।

बालेनकै एकजना समर्थक भन्छन्, ‘चस्मा फालेर हेर्नु बालेन दाइ। कालो चस्माले अलि फोहोरहरु देखेनौ। केके गर्छु भनि आको अहिले फोहोरनै उठेन। सबै प्रश्नको जवाफ दिन तिमिलाई जति सजिलो भयो काम गर्न भएन। तिमी सफल हुनैपर्छ नत्र हामिले तिमिलाई जरैदेखी गरेको समर्थन बेकार हुन्छ।’

अर्का रविन राजवंशी नामका एकजनाले बालेनमाथि आक्रोश पोख्दै भनेका छन्, ‘घुँडामा लाउने औषधि नाइटामा लाएपछी यस्तै हो। उखरमाउलो त हुन्छ नै। भाइरल मेयरले नि महिनौ देखिको उठाउन नसकेको फोहोरले हैजा र महामारी देखि देखि गर्नु पर्ने काम छोडेर गरिबको पेटमा लात मार्दैछ। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर। (भाइरलभस्मासुरकोउदय) ।’

यसैगरी प्रकाश राई र गुणराज खड्का क्रमशः टिप्पणी गर्छन्, ‘यिनको चस्माले फुटपाथमात्र देखिछ कि फोहोर पनि देख्छ अचम्म छ गाठे ।, त्यो दारी र कालो चेस्माले लास्टै ह्याङ वाला अनुहार देखियो एक लट सफा चट भएर फुटपाथ अबलोकन गरौ ।’

बालेन नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् । स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले जानकारी दिए ।

मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेर साहको निर्देशन अनुुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ । यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published.