जागिर खान ८ सय ५० जना नेपाली जापान जाँदै, जापना जान यस्तो छ प्रक्रिया

समाचार

काठमाडौं । जागिर खान ८ सय ५० जना नेपाली जापान जाँदैछन् ।जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका हुन् ।

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पेशल स्कील वर्कर (एसएसब्लु) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

यस अघि सन् २०१९ मार्चमा (एसएसब्लु) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सो प्रणाली अन्तरगर्त जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक कार्यसमिति बनेको थियो ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहनु भएको छ ।

त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री श्री चोसुमो नाकागावाज्यूको नेतृत्वमा एक कार्यसमिति समिति बनेको छ । दुई देशका कार्य समितिबीच भोली बिहीबार बैठक बस्ने मन्त्रालयका प्रवक्ता डुण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

बैठकमा नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ ।

उक्त विषयमा विस्तृत विवरण बिहीबारको बैठक पछि दिइने मन्त्रालयले जनाएको छ । यो बैठकपछि थप नेपालीलाई क्रमिक रुपमा लैजानका लागि प्रक्रिया सुरु गरिनेछ । भाषा परीक्षाका लागिपनि व्यवस्थित गरिनेछ ।

Leave a Reply

Your email address will not be published.