गायब भएको टुकुचा खोला जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो

समाचार

काठमाडौं :

काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ।

आज महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो। महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो। टुकुचा खोला वडा नम्बर ४ स्थित निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएर दरबार संग्राहलय र जयनेपाल हल क्षेत्रमा टुकुचा खोला देखिन छाडेको छ । महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।

हेर्दा हेर्दै यसरी घेरिए बालेन शाह , के हुन्छ अब ?

काठमाडौं ३० भदौ ।

काठमाडौं महानगरपालिकाको कार्यालय विरुद्ध फुटपाथ तथा साना व्यापारीले घेराउ गरेका छन् ।

नेपाल स्वरोजगार श्रमिक व्यापार संघले बिहीबार काठमाडौंमा प्रर्दशन गर्दै फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै विरोध जनाएका छन् ।

बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका छन् ।

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश स् चितवन, ३० भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारको एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।

परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.