केपी ओलीको छायाँमा परेका भिम रावललाई एमालेले टिकट नदिएपछि पार्टी भित्र खैलाबैला

राजनिति समाचार

नेकपा एमालेले अछाम–१ मा अर्थात भीम रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरालाई टिकट दिने निणृय गरेसँगै एमाले नेता भीम रावलले टिकट नपाउने भएका छन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको भएता पनि ओलीसँगको टसलका कारण ओलीले रिस साँध्न नेता रावललाई टिकट नदिएसँगै एमालेको भित्री गुट र मनपरीतन्त्रको फेुरी एकपटक पर्दाफास भएकमो छ ।

गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गर्नुअघि देखि नै हक्कि स्वभावका नेता रावल सँधै ओलीतन्त्रको विरोधीकै रुपमा देखा परे ।

पार्टीको हित र जे देख्यो त्यही बोल्ने स्वभावका नेता रावल दशबुँदे गरी एमालेमै बसेका पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।

सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।

उता अछाम–२ बाट एमालेले यज्ञ बोगटीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।

Leave a Reply

Your email address will not be published.