श्रीमानसँग सम्बन्ध विच्छेदपछि के गर्दैछिन् पूर्व मिस नेपाल उषा खड्गी

मनोरंजन समाचार

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र उनका श्रीमान् जीपी तिमिल्सिनाबीच केही बर्ष अघि सम्बन्ध विच्छेद भएको थियो । निक्कै सुन्दरी पूर्व मिस नेपाल उषा खड्गी अहिले एकल जीवन विताइरहेकी छिन् ।

उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट छुट्टिएपछि नितान्त व्यक्तिगत जीवन विताएको बताएकी छिन् । जीपी तिमिल्सिनासँग १९ वर्षअघि चिनजान भएको र विवाहको भएको १७ वर्षपछि उनले सम्बन्ध विच्छेद गरेकी थिइन् ।

उषाले सन् २००० मा मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए । त्यही समयमा एक अर्काको प्रेममा परेका यी दुइले दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

उषाले आफ्नो सम्बन्ध विच्छेदको विषयमा एक टेलिभिजन कार्यक्रममा बोल्दै भनेकी थिइन्, ‘चिनजान भएको १९ वर्ष र विवाह गरेको १७ वर्ष पूरा भइसक्दा पनि आफूले शारीरिक र मानसिक पीडा सहँदै आए, यदि अहिले पनि बोलिएन भने कहिले बोल्ने भन्ने सोचेर यो निर्णय लिएकी हुँ ।

उनले आफ्नो सम्बन्ध विच्छेदको कारण घरेलु हिंसा नै रहेको स्पष्ट पार्दै आएकी छिन् । उनी विगतलाई सम्झिएर मिडियामा नै भक्कानिएर आँशु झार्ने गर्छिन् ।

Leave a Reply

Your email address will not be published.