मारिएका चरी डनसँग नाम जोडिएकी खुस्बु ओलीले दिइन् केपी ओलीलाई चुनौती

राजनिति

काठमाडौं । कुनै बेला गुन्डा नाइके दिनेश अधिकारी चरीसँग नाम जोडिएकी बिबादित मोडल खुस्बु ओली अहिले सामाजिक सञ्जालमा चर्चित छिन् । गुन्डा नाइके दिनेश अधिकारी चरीलाई प्रहरीले इन्काउण्टर गरेर मारेको थियो । त्यसपछिपनि ओली चेक बाउन्स मुद्दामा फसिन् ।

जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा दुई वर्ष जेल सजायको फैसला सुनाएको थियो । सप्तरीका गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मुद्दा दायर गरेका थिए। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दुई वर्ष कैदको फैसला सुनाएको थियो । यो मुद्धा पुनरावेदन प्रक्रियामा छ ।

यही क्रममा उनी राप्रपामा प्रवेश गरेर राजनीति गर्न थालिन् । उनलाई केन्द्रीय प्रशिक्षण विभागमा जिम्मेवारी दिइयो । अहिले नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

ओलीले झापा क्षेत्र नं. ४ मा उम्मेदवारी घोषणा गर्दै आएकी थिइन् । एमाले र राप्रपाको तालमेलपछि उनलाई उम्मेदवारी नदिन भनिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विजयी सहज बनाउँन झापामा राप्रपासँग तालमेल गर्दै आउँनुभएको छ । झापा क्षेत्र नं. ४ मा खुस्बु ओलीको ठाउँमा अरुलाई उम्मेदवारी दिने अहिलेको एमाले–राप्रपा तालमेलमा सहमति भएको छ । तर खुस्बु ओली यो सहमतिमा बाधक बनेकी छिन् । यसले एमाले–राप्रपा गठबन्धनलाई नै असर परेको छ । अन्ततः केपी ओली माथी चुनौती थपिनेछ ।

पार्टीको उक्त निर्देशनविरुद्धमा जाने भन्दै ओलीले सामाजिक सञ्जालमा लेखेकी छिन् । …..मेरो उम्मेदवारी यो देशको लागि हो । झापा क्षेत्र नं. ४ को जनताको लागि हो। म यो देशको शिक्षित र सवल युवा हो, म त्यही युवाको आवाज लिएर संसदमा उभिन चाहान्छु। एमालेको गठबन्धनले खुस्बु ओलीलाई टिकट नदे भन्दा मेरो पार्टीले मलाई टिकट दिदैन भने हामी राप्रपाको की एमालेको कार्यकर्ता ?

हामी अरु पार्टी छोडेर राप्रपामा आएको छौं, अन्याय , गूटबन्दीको बिरुद्ध तर मेरो पार्टीसँग हाम्रो लागि अडान लिन सक्ने क्षमता छैन रहेछ। युवाको उम्मेदवारी फिर्ता गर्न लगाउनु सहि हैन्। हामी सूर्यमा भोट हाल्न सक्दैनौ, यो हेपाहा प्रवृतीको तालमेल म स्विकार्न सक्दिन। एउटा युवा महिलालाई रोक्न यत्रो चलखेल गरिनु सर्मनाक छ।

म कदापी मेरो आफ्नो पार्टीको कार्यकर्ता र राप्रपाप्रति आशा र भरोसा राखेका जन्ताको मत अरु पार्टीलाई हाल्न बाध्य नबनाईयोस भन्न चाहान्छु।
राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु मेरो उम्मेदवारी झापाको क्षेत्र नं. ४ मा आज पनि कायम नै छ त्यही भएर जनताको बिचमा आउदैछु ।

हजुरहरुको साथ चाहिएको छ। एक पटक मत बदल्नुस, यो हरेक गठबन्धनलाई सबक सिकाऊ। मैले मेरो उम्मेदवारी फिर्ता लिनुपर्ने हो भने मलाई जवाफ दियोस,” हामी एमाले की राप्रपाका कार्यकर्ता ? “ पार्टीको कारबाही सहन सक्छु, तर आत्मासम्मानसँग समझौता हुदैन । मेरो अडान चट्टान सरी कायम रहन्छ। जय देश, जय जनता

Leave a Reply

Your email address will not be published.