मौसमी कामदारको रुपमा यसरी कोरिया भित्रदै छन विदेशी श्रमिकहरु, नेपालबाट जान के गर्ने?

काठमाडौँ

दक्षिण कोरियाली सरकाले कोरियन नागरिक संग बिबाह गरेका विदेशी नागरिक जो F-6 तथा F-5 भिषा बहाक,र कोरियन नागरिकता प्राप्त गरेका छन उनिहरुले आफ्ना आफन्त तथा परिवार मौषमी कामदारको रुपमा कोरिया भित्राउन पाउने निति सार्वजनिक गरेको छ ।

न्याय मन्त्रालय को निर्णय अनुसार दक्षिण कोरियामा कोरियन नागरिक संग बिहे भएर आएका विदेशी नागरिक हरुले आफ्ना आफन्त तथा परिवार जो १९ बर्ष देखी ५५ बर्ष ननाघेका तथा कोरिया प्रवेश प्रतिवन्ध नभएका छन उनिहरुलाई कृषी तथा मत्स्य व्यावसायमा मौषमी कामदारको रुपमा कोरिया भित्राउन सक्ने प्रावधान बनाएको छ।

क्षयरोग,कोभिड तथा अन्य सङ्क्रामक रोग,लागुऔषध प्रयोगकर्ता तथा गर्भवती हरु यस मौषमी कामदार मा कोरिया प्रवेश गर्न निषेध गरिएको छ ।

मौषमी कामदारको रुपमा प्रवेश गर्ने कोरियन नागरिक संग बिहे गरेका आफन्त हरु बढीमा ८ महिना बसेर पुनस् स्वदेश फिर्ता भई फेरी प्रवेश गर्न सक्नेछन।

प्रवेश गरेको पहिलो ३ महिना C-4 भिषा त्यसपछी ५ महिना E-8 गरी जम्मा ८ महिना बस्न पाउनेछन।ईमान्दार तरिकाले ८ महिना काम गरी रोजगारदाता ले चाहेको खण्डमा स्वदेश फिर्ता भई पुनस् प्रवेश गर्न सक्ने बताईएको छ।

कोरियन नागरिक संग विहे गरेको क्षेत्र सि,गुन तथा अन्य क्षेत्र मा समेत आवेदन दिन सक्नेगरी आफ्ना आफन्त मौषमी कामदारको रुपमा ल्याउन सक्ने सुचनामा उल्लेख छ।

आवेदन दिँदा मौषमी कामदारको रुपमा आउने व्याक्तीले कोरियन नागरिक संग विहे गरेको आफन्त संग नाता प्रमाणित भने अनिवार्य गर्नुपर्नेछ।

न्युनतम पारिश्रमिक तथा काम गरेको अवधी अनुसार घन्टाको ९,१६० वोन जुन श्रम ज्याला ऐन मा रहेर रोजगारदाता ले पारिश्रमिक दिनुपर्ने तथा खान,बस्नको व्यावस्था गरी कामदार बाट त्यसको लागत उठाउन सकिने सुचनामा उल्लेख छ।

मौषमी कामदार आवेदन बर्षको २ पटक जनवरी-फेव्रुअरी तथा मे-जुन मा खुल्ने समयमा ईच्छुक कोरियन नागरिक संग विहे गरेका F-6,F-5 तथा नागरिता प्राप्त गरेका विदेशीहरुले मौषमी कामदार भित्राउने कोरियाका सि तथा गुन कार्यालयमा गई आवेदन दिन सकिने बताईएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *