अभिनेता धर्मेन्द्रसँग विवाह गरेकै कारण ४२ वर्षसम्म हेमा मालिनीले भोगेको एउटा यस्तो सजाय, जो कसैले पनि कल्पना गर्न सक्दैनन

मनोरंजन समाचार

ड्रिमगर्ल हेमा मालिनीको पर्दामा देखिने जीवन कहानी जसरी एउटा सुन्दर कथा जस्तै छ , त्यसैगरी नै उनको नीजी जीवन कथा पनि कम फिल्मि छैन । हेमा र धर्मेन्द्रको लबस्टोरी बलिउडकै सबैभन्दा चर्चित र बिबादित लबस्टोरी मध्यको एक हो ।

सामाजिक मूल्य र मान्यतालाई तोडेर हेमा र धर्मेन्द्रले एकअर्कासंग बिबाह गरेका थिए । हेमाले जब धर्मेन्द्रसंग विबाह गरेकी थिइन् तब धर्मेन्द्र विबाहीत थिए उनी पुरै चार सन्तानका बाबु भैसकेका पनि थिए ।यसको मतलब हो कि कसैको श्रीमान र चार सन्तानको बाबुको मायामा परेकी थिईन् बलिउड ड्रिमगर्ल हेमा मालिनी । सबैकुरा जान्दाजन्दै पनि हेमाले धर्मेन्द्रसंग प्रेम गरेकै कारण उनले आजसम्म त्यो सजाय भोगिरहेकी छन् ।

धर्मेन्द्रले पनि हेमाको माया परेर आफु कसैको श्रीमान र चारसन्तानको बाबु हुँ भन्ने बिर्सिएका थिए । सबै वास्तविकता बिर्संदै धर्मेन्द्र र हेमाले एकअर्कासंग विबाह गरे । तर पनि हेमामालिनी आजसम्म धर्मेन्द्रकी दोश्रो श्रीमतिको रुपमा चिनिन्छिन् । न समाज न त परिवार कसैको पनि परवाह नगरी यी दुवैले विबाह गरेको पनि आज ४२ वर्ष भईसकेको छ । यो ४२ वर्षमा हेमा मालिनीले आज सम्म धर्मेन्द्रको घरमा पाईला टेकेकी छैनन् ।

धर्मेन्द्र आफ्नो घरमा जेठी श्रीमती प्रकाश कौर र दुई छोरा शनी र बबी देवलका साथ रहन्छन् । धर्मेन्द्रको आलिशान घर मुम्बईको सबैभन्दा महंगो क्षेत्रमा पर्ने जुहुमा अवस्थित छ भने हेमा मालिनीको घर पनि जुहुमा नै रहेको छ । हेमाले आफु बसेको घर आजभन्दा ३१ वर्ष पहिले धर्मेन्द्रसंग मिलेर किनेकी थिईन् । धर्मेन्द्रको यो दुवै घरको दुरी केवल ५ मिनेटको रहेको छ । तर यो ५ मिनेटको दुरी विबाह भएको ४२ वर्ष बितिसक्दा पनि मेटिएको भने छैन ।

हेमा र धर्मेन्द्रबाट जन्मिएकी इशा देवलले भने आफ्नो बाबुको घरमा मात्र एक पटक गएकी छिन त्योपनि धर्मेन्द्रको भाई अजित सिंह देवल बिरामी भएको समयमा । इशा जाने पनि थिईनन् होला तर इशा र उनकी बहीनीलाई धर्मेन्द्रका भाईले असाध्यनै माया गर्ने भएको हुनाले इशा आफ्नो चाचा बिरामी भएको बेला उनलाई भेट्नकालागी धर्मेन्द्रको घरमा गएकी थिईन् । अचम्मको कुरा त के छ भने इशालाई त्याहाँ जानपनि शनि देवललाई धेरै नै व्यवस्था मिलाउनु परेको थियो ।

माथि उल्लेखित यी सबै कुरा भन्दा पनि अझैं अचम्मको कुरा त के छ भने जम्मा ५ मिनेटको दुरीमा पनि हेमाको भेट धर्मेन्द्रकी जेठी श्रीमती प्रकाशसंग आजसम्म भएको छैन र पनि हेमाले आजको दिनसम्म धर्मेन्द्रको पहिलो परिवारलाई निकै नै सम्मान गर्ने गरेकी छन् ।

एउटा अन्तरवार्तामा हेमाले भनेकी छन्,‘भलै मैले आजसम्म उहाँकी जेठी श्रीमतीको बारेमा कुनै पनि प्रसंगमा कुरा गरैकी छैन तर म उहाँलाई धेरै नै सम्मान गर्ने गर्छु र मेरा दुई छोरीहरुले पनि परिवारलाई पुरै सम्मान नै गरेका छन् ।’ धर्मेन्द्रकी दोश्रो श्रीमती भएर पनी हेमाले प्रष्ट भाषामा भन्दै आएकी छन् । यो कुरामा उनले पति धर्मेन्द्रलाई पनि कहिल्यै दोष दिएकी छैनिन् ।

Leave a Reply

Your email address will not be published.