साउदी सरकारले अर्जेन्टिनालाई हराउने खेलाडीलाई विश्वकै महँगो गाडी ‘रोल्स रोयस फ्यान्टम दिने’

खेलकुद समाचार

फिफा विश्वकपमा अर्जेन्टिनालाई पराजित गरेका साउदी अरेबियाका खेलाडीलाई साउदी सरकारले उपहारस्वरूप रोल्स रोयस कार दिने भएको छ । साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अर्जेन्टिनालाई हराएपछि टोलीका प्रत्येक सदस्यलाई रोल्स रोयस फ्यान्टम दिने घोषणा गरेको अन्तरष्ट्रिय संचारमाध्यमले जनाएको छ।

कतारमा जारी फिफा विश्वकप २०२२ को शुरुवाती दिनमा एउटा ठूलो उथलपुथल देखिएको छ जसले सबैलाई चकित बनाएको छ । मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराएको थियो । हाल विश्वकै उत्कृष्ट फुटबलर मानिने लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई हराउनु साउदी अरबका लागि ऐतिहासिक क्षण थियो । यही कारण साउदी अरबले यो जितलाई राष्ट्रिय पर्वको रुपमा मनाएको छ ।

मंगलबार साउदी अरब र अर्जेन्टिनाबीचको खेल सकिएको केही समयपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजले ठूलो घोषणा गरे । खेलको भोलिपल्ट अर्थात बुधबार (२३ नोभेम्बर) साउदी अरबमा सरकारी बिदा दिइएको छ । यस अवधिमा सरकारी तथा निजी जागिर गर्ने सबैलाई विदा, सबै विद्यार्थीलाई बिदा दिइएको छ ।

यो ठूलो जितको कतारदेखि साउदी अरबसम्म मनाइयो, जुन स्टेडियममा यो खेल भएको थियो, त्यहाँ साउदी अरबका फ्यानहरूले हर्षोल्लास मनाएका थिए । खेल सकिएपछि स्टेडियमबाहिर पनि फ्यानहरूले घण्टौंसम्म खुसी मनाए जसको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए ।

साउदी अरेबियाको राजधानी रियाददेखि लिएर विभिन्न सहर, साना सहरले यो जितको उत्सव मनाए र मानिसहरु सडकमा उत्रिए । खेलकुदको संसारको सबैभन्दा ठूलो शक्तिलाई एउटा सानो टोलीले हराएपछि हरेक फुटबल फ्यानका लागि यो ठूलो दिन भएको भन्दै फ्यानहरूले रातभर सडकमा उत्सव मनाएका थिए।

यो जित साउदी अरबका लागि धेरै हिसाबले विशेष र ठूलो छ। अर्जेन्टिना दुई पटकको विश्व च्याम्पियन टोली हो, यसमा लियोनल मेस्सी जस्ता स्टार थिए । अर्जेन्टिनाले लगातार ३६ अन्तर्राष्ट्रिय खेल जित्ने कीर्तिमान बनाएर आयो । फिफा वरियतामा अर्जेन्टिना नम्बर ३ मा रहेको छ भने साउदी अरेबिया ५१ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.