बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सुचना अनुसार बिहिवार देखी एक सातासम्म बत्ती जाने जानकारी दिएको हो ।

हाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ ।

रवि लामिछानेलाई ५ वर्ष कैद माग गर्दै उजुरी

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध ५ वर्ष कैद सजाय र हदैसम्मको जरिमाना माग गरेर सरकारी वकिलको कार्यालय काठमाडौँमा उजुरी दर्ता भएको छ ।

युवराज पौडेल (सफल)ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

लामिछानेले लामिछानेले राहदानी ऐन २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जान्दाजान्दै झुटो विवरण दिएर राहदानी लिएकाले उनलाई ५ वर्षको कैद सजाय हुने गरी मुद्दा चलाउन माग गरिएको छ ।

युवराज सफलले गत माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी लिन नमानेको भन्दै उजुरी दर्ताका लागि आदेश दिन पनि माग गरेका छन् ।

प्रहरीले सत्ता र शक्तिको आडमा उजुरी दर्ता गर्न नमानेको पौडेलले निवेदनमा उल्लेख गरेका छन् ।

पौडेलले रवि लामिछाने सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो ।

नेपाली नागरिक नै नभई नेपाली राहदानी लिएर प्रयोग गरेको विषयमा छानबिन हुनुपर्ने माग पौडेलले गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *