चितवन, २६ माघ । हेटौंडामा बाघको आक्र’मणबाट बुधबार एक जना महिला घाइते भएकी छन् । बाघको आक्र’मणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षिया मैती बयलकोटी घाइ’ते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, बुधबार अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्र’मण गरेको थियो । बाघले आ’क्रमण गरेपछि बयलकोटीले आफु संग भएको घाँस काट्ने हसियाँले प्रतिकार गरेकी थिईन

बाघको आक्रमणबाट गाला, ओठ र ढाडमा चो’ट लागेको उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोे प्रहरी नायव उपरीक्षक कार्कीले बताए । आक्रमण गर्ने बाघ जंगलतर्फ गएको छ । वन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

केहि समयदेखि गाउँमा बाघले पशुचौपाया मा’र्ने र मानिसलाई समेत आक्र’मण गर्न थालेपछि स्थानीयबासी त्रसि’त छन् । बाघ नियन्त्रण गर्न बारम्बार आग्रह गर्दा पनि प्रशासन मौन बसेको स्थानियले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *