काठमाडौं । भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् ।

ब्रह्मानन्दम् ढाका टोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा देखिएका छन् । भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेपालमा समेत यी दुईको प्रसंशक राम्रै छन् । सँगै रहेका अभिनेता रवीन्द्र झा पण्डितको वेशभूषामा प्रस्तुत छन् ।

अभिनेत्री नीता ढुङ्गाना निर्मात्री रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । “बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुनेछ । त्यसपछि आग्रास्थित ताजमहल र नेपालमा छायाङ्कन गर्ने तयारी गरेका छौँ”, निर्मात्री ढुङ्गानाले भन्नुभयो ।

युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रा लगायतको अभिनय रहने छ । रासस

नाना पाटेकर भन्छन् : मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु

मुम्बई : ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो। अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन।

मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो। सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको उमेर २७ र नानाको उमेर ४५ को थियो । दुवैको उमेरको अन्तरसँगै नाना विवाहित पनि थिए। उनको एक सन्तान थियो। मनिषा र नानाको सम्बन्ध टुट्नुमा नाना नै कारण थिए, किनकी उनी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहँदैन थिए।

मनिषासँग सम्बन्ध टुटेको वर्षौंसम्म पनि नानाले आफ्नो प्रेमलाई बिर्सन सकेनन्। उनले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा मनिषालाई अझै पनि सम्झने गरेको खुलाएका थिए। उनले मनिषालाई कस्तुरी हिरनसँग तुलना गरेका थिए।

‘जब म उसलाई देख्छु तब म आफ्नो आँशु मुस्किलले रोक्छु। ब्रेकअपपछिको समय निकै मुस्किलपूर्ण हुन्छ’, नानाले भनेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *