काठमाडौं । अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन् ।आआर क्याम्पस अगाडि स्कुटर दुर्घटनामा परी उाी घायते भउकी हुन् । उनको खुट्टामा सामान्य चोट लागेको बताइएको छ ।

उनी स्नातकोत्तर तहको परीक्षा दिन जाँदा आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी हुन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । ‘प्रेम गीत २’ बाट डेब्यु गरेकी उनले मेरी मामुमा पनि अभिनय गरेकी छन् ।

यो पनि- देशभर रिलिज भयो ‘मनसँग मन’, आज शुक्रबारबाट सोलो रुपमा नेपाली फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । कैलाश राइको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र दार्जिलिङको कथालाई पर्दामा प्रस्तुत गरेको छ । यो फिल्ममा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकार वुद्दि तामाङ लगायतको मुख्य भूमिका छ ।

आज अन्य कुनै पनि नयाँ नेपाली वा विदेशी फिल्म नभएकाले पनि यो फिल्मलाई फाइदा हुने देखिन्छ । अरुण तामाङको लगानीमा निर्माण भएको फिल्म ‘मनसँग मन’को एउटा गीतमा नायक पल शाह र नायिका पूजा शर्माको नृत्य हेर्न सकिन्छ । सौरभ लामाको छायांकन रहेको फिल्मलाई नेपाल र भारतका विभिन्न रमणीय स्थानमा खिचिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *