पोखरा – पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूले हामीलाई स्तब्ध बनाएको छ। आज पनि यस्तै एक घटना घटेको छ । पोखरामा आज बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक युवतीको ज्यान गएको छ। उक्त दुर्घटनाको हालै एक सिसीटिभी फुटेज पनि बाहिर आएको छ ।
आज बिहान पृथ्बीचोकस्थित चाइनापुलमा बसले स्कुटरलाई ठक्कर दिंदा पोखरा बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको मृत्यु भएको हो। बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए।
दुर्घटनामा घाइते उनको उपचारका क्रममा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बडाइएको छ। हेर्नुहोस दु-र्घटनाकाे सिसीटिभी फुटेजको भिडियो ।