काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले गठबन्धनमा भएको पूर्व सहमती नतोडिने बताउनुभएको छ ।

अहिलेसम्म जे सहमती भएका थिए ति सबै भइरहेको बताउँदै नेता बिडारीले राष्ट्रपति भनेको राष्ट्रिय गरिमाको पद, राष्ट्रिय एकताको प्रतिकको पद भएकाले यो पद साझा र राष्ट्रिय सहमतीमा हुनुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सोच र विचारसकारात्मक रहेको बताउनुभएको छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले पुस १० गते पनि राष्ट्रपतिमा एमालेले जुन व्यक्ति भन्छ सोहि व्यक्ति राष्ट्रपति बनाउने सहमती नभएको स्पष्ट पार्नुभयो ।

काग्रेसले नाइ भन्न नसक्ने माओवादीले प्रश्न उठाउन नपाउने र एमालेले प्रस्तावै गरोेस तर त्यो व्यक्ति योग्य र गणतन्त्रको रक्षक व्यक्ति नै हुनुपर्ने बताउँदै राष्ट्रपति साझै बनाउने र सर्व स्विकार्य बनाउने सहमती भएको उहाँको भनाइ छ । सहमती नतोडिएरै अहिलेको सत्तागठबन्धन निरन्तर रहने पनि नेता बिडारीको दाबी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने र सभापति रवि लामिछानेलाई फेरि गृह मन्त्रालय नै दिनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बेइमानी र राष्ट्रघाती कुरा भएको नेता बिडारीको आरोप रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *