नेपालीको लगी खुल्यो मकाउको रोजगारी (मासिक तलब ३ लाख बढी)

काठमाडौं :

मकाउमा नेपालीका लागि रोजगारी खुला भएको छ । नेपाली सेक्युरिटी गार्ड र हस्पिटालिटी क्षेत्रको रोजगारीका लागि अत्यन्तै आकर्षक मानिएको मकाउको रोजगारी कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँगै रोकिएको थियो ।

मकाउका क्यासिनोहरुमा पर्यटक बढ्न थालेपछि नेपाली सेक्युरिटी गार्ड र हाउस किपिङ जस्ता हस्पिटालिटी क्षेत्रको रोजगारी खुला भएको हो ।

मकाउमा ३० भन्दा बढी क्यासिनो सञ्चालनमा रहेका छन् । ती क्यासिनोहरुमा सेक्युरिटी गार्ड प्रायः नेपाली रहेका छन् ।

मकाउमा होटेल, क्यासिनो तथा सप्लायर कम्पनीहरुमा सेक्युरिटी गार्ड, क्लिनर, हाउसकिपिङ, कुक, वेटर तथा जेल गार्डमा नेपाली जाने गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।

मकाउ सरकारले कोभिडअघि एकै वर्षमा क्यासिनोहरुबाट ३८ अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व संकलन गर्ने गरेको थियो ।

नेपाली सेक्युरिटी गार्डहरुले तलब सुविधा पनि सोही अनुसारको आकर्षक र लोभलाग्दो स्तरमा पाउने गरेका छन् । मकाउमा सामान्य सेक्युरिटी गार्डले महिनामा कम्तिमा १८ हजार हङकङ डलर करिब सवा तीन लाख तलब पाउने गरेका छन् ।

मकाउ लामो समयदेखि नेपाली सेक्युरिटी गार्डका लागि सुरक्षित गन्तव्यका रुपमा रहेको छ । वल्र्ड वाईड ह्यूमन रिसोर्स नेटवर्किंग प्रा.लि., एकता इन्टरनेशनल प्रा.लि.लगायतका म्यानपावर कम्पनीले मकाउमा सेक्युरिटी गार्ड लगायतका माग ल्याएर पठाउने गरेका छन् ।

मकाउमा ६/७ हजारसम्म बेड भएका ठूलाठूला होटल रहेका छन् । ती होटलहरुमा रोजगारीका प्रशस्तै अवसर रहेको बताइएको छ । मकाउका क्यासिनोहरुवे सन् २०१३/१४ पछि संसार प्रशिद्ध क्यासिनो रहेको अमेरिकाको लस भेगासलाई पनि उछिनेको बताइन्छ ।

मकाउमा रहेका कतिपयले नेपाली महावाणिज्यदूतावासले नेपालीको रोजगार प्रवर्द्धनमा चाहिने जति भूमिका नखेलेको र महावाणिज्यदूतावास सक्रिय भएमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भनेजस्तो गुणस्तरीय वैदेशिक रोजगारको बाटो खुल्ने बताउँछन् ।

श्रम मन्त्रालयले खाडी तथा मलेसियाको जोखिमयुक्त र परम्परागत वैदेशिक रोजगारीलाई नयाँ श्रम गन्तव्य खोजेर सिफ्ट गर्ने नीति कार्यान्वयन गरिरहेको बताएको छ । साभार : मध्यान्ह दैनिक

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *