ताप्लेजुङमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प आसपासका जिल्लामा पनि महसुस गरिएको छ। भूकम्पपछि क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

देशैभर सार्वजनिक बिदा

भोलि देशैभर सार्वजनिक बिदा हुने भएको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार माओवादी जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दिइने भएको हो । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते बिस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *