काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ प्रेमसम्बन्ध टुटेको चर्चा केही समयदेखि चलिरहेको छ। यही चर्चालाई बल पुर्याउने गरी सिसनले पहिलोपटक मुख खोलेका छन्। ‘भ्यालेन्टाइन डे’ को दुई दिनअघि उनले इन्स्टाग्राममा घुमाउरो तरिकाले आफूहरूको प्रेम सम्बन्ध अतित बनिसकेको संकेत गरेका हुन् । आफ्नो विगतको रिलेसनसीपलाई बेवास्ता गरिदिन उनले सबैसँग आग्रह गरेका छन्।
‘केही मानिसहरू कसैलाई दोषी देखाउन चाहन्छन् र जे भयो त्यो नाटकीय अवस्था सिर्जना गर्न लागि परेको छ,’ उनले लेखेका छन्, ‘मेरो सम्बन्धको सुन्दर अनिभूतिलाई तहसनहस बनाउन केही मानिसहरू लागिपरिरहेका छन्।’
उनले त्यो समय आफ्ना लागि सुन्दर ‘होलिडे’ जस्तो रहेको स्मरण गरेका छन् । ‘त्यो सम्बन्धबाट सम्झनलायक मेरा धेरै सम्झनाहरू छन् । तर, मानिस क्रमश: विकसित हुँदै जान्छ, परिवर्तन अपरिहार्य छ । यसमा मलाई कुनै गुनासो छैन । मैले कसैलाई घृणा गर्दिन कसैसँग मेरो कुनै क्रोध छैन । म विगतमा सम्बन्धमा रहेका जोकोहीको भलो चिताउँछु । सफलताको कामना गर्छु । सबैभन्दा बढी म उनीहरूले शान्त जीवनयापन गरुन् भन्ने चाहन्छु । ’
उनी थप्छन्, ‘मेरा भुपुहरू अहिले कोसँग छन् भन्ने कुराले मलाई केही फरक पार्दैन । म मेरा लागि पनि यही नै कामना गर्छु । मेरो विगतमा पनि धेरै गहिरा सम्बन्धहरू थिए । मेरा भूपू प्रेमिकाहरूप्रति मेरो सदैव माया र सम्मान रहिरहनेछ।
उनीहरूकै कारणले आज म जहाँ छु त्यहाँ पुग्न सफल भएको छु । सबै रानीहरूलाई सम्मान । मेरा आफ्नै समस्याहरूले म चिन्तिन्त थिएँ । मेरो आफ्नै आत्म-द्वन्द्वात्मक विचारहरू, भ्रम र शंकाहरू थिए । तर, अहिले म आफ्नो काममा अत्यन्तै केन्द्रित भएको छु , सायद तपाईँहरूले यो महसुस पनि गर्नुभएको होला । त्यसैले त्यो बकवास अध्यायको यही अन्त्य गरौँ र अघि बढौँ।’