नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान बैंक नोट छाप्ने जिम्मा चिनियाँ सरकारी कम्पनीलाई दिएको छ । चीन सरकारको स्वामित्व रहेको ‘चाईना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन’ लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो ।
राष्ट्र बैंकले आइतबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । २० रुपैयाँ दरका ३१ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम सोहि चिनियाँ कम्पनीले नै गर्नेछ । यसका लागि उसले ४६ लाख ९८ हजार ६ सय ८५ डलर (आजको विदेशी विनिमय दरअनुसार रु ६२ करोड २१ लाख ६२ हजार ७ सय ४८ रुपैयाँ ०९ पैसा) बराबर कबोलेको थियो । यस हिसाबमा एउटा नोटको लागत मूल्य २ रुपैयाँ पर्न आउँछ ।
नक्कली लाइसेन्स सहित एक महिला ट्राफिक प्रहरीको नियन्त्रणमा
नक्कली सवारी चालक अनुमति पत्र सहित ललितपुरको पुल्चोकबाट एक महिलालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा जैमरी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ बर्सिया कञ्चन गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गुरुङले चलाएको बा ७८ प ५५ १० नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेक गर्दा गुरुङको साथबाट गंगा तामाङको नाममा रहेको (०१-०६-००२४७९७० वर्ग के) र सोही नम्बरको (वर्ग ए, बी) फोटो फरक-फरक भएको दुईवटा सवारी चालक अनुमति पत्र फेला पारेको हो ।
नियन्त्रणमा आएकी गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटर सहित थप अनुसन्धान तथा कारबाहीका लागी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।