बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। सुष्माले आफ्नो ३८ औँ जन्मदिन मनाएकी छिन् । १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। भ्यालेन्टाइन डेका दिन जन्मदिन परेको नायिका सुष्मा कार्कीले आफन्त, साथीभाई, केही मिडियाकर्मी र सीमित सेलिब्रेटीलाई उनले आमन्त्रण गरेकी थिइन् ।

जसमा करिश् मानन्धर, रिमा विश्वकर्मा, सुरबिना कार्की, लगायतका कलाकार र साथीभाईकाबिचमा काठमाडौँस्थित ‘दि एड्रेस लाउन्ज’ मा मनाइन् । सलमान खानकी ठूलो फ्यान बताउने सुष्माले काट्न ठिक्क पारेको केकमा जब सलमान खानको तस्विर देखियो तब बर्थडे पार्टीमा उपस्थित सबै चकित परे । ‘दि एड्रेस लाउन्ज’ मा सुष्माले एउटा आफ्नो तस्विर भएको केक र अर्को सलमानको तस्विर भएको केक ठिक्क पारेकी थिइन् ।

जसमध्ये उनले सुरुमा आफ्नो तस्विर भएको केक काटिन् भने सलमान खानको तस्वीर भएको केक भने काट्न मानिनन् । उपस्थित अतिथिले अर्को केक पनि काट्न भनेपनि उनले जवाफ दिँदै भनिन् ‘म मेरो बेबीलाई काट्दिन ।’ सुष्माले एकपटक विदेश जाँदा सडकमा फ्यानको रुपमा सलमानसँग टाँस्सिएर फोटो खिचाएकी थिइन् । त्यो तस्वीरलाई जीवनकै ठूलो उपलब्धीजसरी उनले प्रचार गरिन् ।

आफू सुत्ने कोठामा समेत उनले सो तस्विर ठूलो बनाएर सजाएकी छन् । एक युट्युब च्यानलसँग दिएको अन्तरवार्तामा नायिका सुष्मा कार्कीले आफ्नो शरीरमा बलिउड अभिनेता सलमान खानसँगको ट्याटु रहेको खुलासा गरेकी छिन् । सलमानका विषयमा उनले बोलेका कुराहरुलाई लिएर पनि निकै ट्रोल गरिएको थियो । सुष्मालाई धेरै दर्शकले बोल्ड नायिकाको रुपमा चिन्छन् ।

तर, उनी अहिले चलचित्रको पर्दामा देखिन छाडेकी छिन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली छ है’ बोलको गीतमा आइटम नृत्य गरेपछि चर्चित बनेकी थिईन । मोडलिङ हुँदै चलचित्रमा लागेकी उनले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्। एक दशकअघि नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी सुष्मा कार्कीको अभिनय यात्रा फिल्म मेरो एउटा साथी छ बाट सुरु भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *