काठमाडौँ : जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो ।

पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा अन्त्येष्टि गरिने एनआरएनए आईसीसी सदस्य दीपक कार्कीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव साईतामाको कुकी प्रहरी स्टेसनमा राखिएको र अन्त्येष्टिका लागि परिवारसँग सम्पर्क भइरहेको बताए ।

जापानमा यस वर्ष नेपालीहरुको मृत्युको संख्या बढ्दो रहेको बताइएको छ । जनवरीदेखि हालसम्म २ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

मोरङमा एक दिनको फरकमा श्रीमान्–श्रीमतीको मृत्यु, एउटै चितामा अन्त्येष्टि

सुन्दरहरैँचा-मोरङको सुन्दरहरैँचा–१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ ।

विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढाथोकीको निधन भएको हो ।

पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दा बेहोस भएर श्रीमती शिवमायाको निधन भएको स्थानीय शिक्षासेवी अर्जुन बस्नेतले जानकारी दिनुभयो । उहाँले बुढाथोकी दम्पतीको एउटै समय तथा एकै चिता र घाटमा अन्त्येष्टि गरिएको बताउनुभयो ।

विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचाकसम खाएका श्रीमान् श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयवासीले बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *