काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरको विषयमा युट्युबमा विवादास्पद् अन्तर्वार्ता दिएका डिल्लीराम खनाल पक्राउ परेका छन्।

आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा करिश्माले उजुरी दिएपछि डिल्लीरामलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।

‍अभिनेत्री करिश्माले दिएको उजुरीको आधारमा उनलाई आज शुक्रबार काठमाड‍ौँबाट पक्राउ गरिएको हो। डिल्लीरामले एक हप्ताअघि एक युट्युब च्यानलमा करिश्मा अमेरिका बस्दा एक पुरुषसँग लिभिङ टुगेदरमा बसेको दाबी गर्दै अन्तर्वार्ता दिएका थिए।

ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार उनीमाथि अनुसन्धान थालिएको छ। ‘अनुसन्धानको क्रममा भएको घटनाबारे हामीले धेरै बोल्नु मिल्दैन’ उनले देशसञ्चारसँग भने,’सत्यतथ्य चाडै नै बाहिर ल्याउन क्रियाशील छौँ।’

करिश्माले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार डिल्लिराममाथि कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *